नेपालगञ्ज : बाँकेमा नेकपा एमालेको जरा अभियानले पुराना नेता कार्यकर्ताहरूसंग भेट गर्ने, विभिन्न कारणले पार्टी छाडेकाहरूलाई फर्काउने र नयाँ अनुहारहरुलाईलाई पार्टीमा जोड्दै नयाँ नेतृत्व निर्माण गर्ने कार्यलाई तिव्रता दिएको छ ।
सदस्यता शतप्रतिशत नवीकरण गर्ने लक्ष्य वोकेको एमालले वडामा ३३ प्रतिशत महिलाहरूको सहभागिता सुनिश्चित गर्नुकासाथै एक वडा १० युवाहरुको टोल कमिटी बनाउने र टोलको विकासको बारेमा विभिन्न समुदायहरूसँग संवाद गर्ने कार्यलाई जोड दिंदै आएको जरा अभियानका नेता सुर्य ढकालले वताएका छन ।
जरा अभियानअन्तर्गत फाल्गुण २४ गते नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख अतिथिमा र लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालको विशिष्ट उपस्थितिमा २०४९ सालदेखि २०७९ सालसम्म नेकपा एमालेको तर्फबाट उम्मेदवार बनाइएका र अन्य जिल्लाहरूमा उम्मेदवार भई बाँके बसाई सराई गरि आएका र अन्य पार्टीमा उम्मेदवार भई एमालेमा प्रवेश गरेका ती सबै उम्मेदवारहरूको एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
बाँके क्षेत्र नं. १ का ईन्चार्ज सुर्य ढकालका अनुसार फाल्गुन १६ गते एकै दिन बाँके जिल्लाका ८१ वटै वडाका वडा कमिटीका बैठकहरू सम्पन्न भएका छन । प्रत्येक वडाले एमालेको तर्फबाट उम्मेदवार भएकाहरूको नाम संकलन गरी पालिका कमिटी क्षेत्रीय कमिटी र स्थानीय विभागलाई पठाउने काम अगाडि बढिरहेको ढकालको भनाई छ ।
फाल्गुण २४ गते सम्पन्न हुने कार्यक्रमले नेकपा एमालेको आन्तरिक जीवन थप व्यवस्थित हुनुकासाथै पार्टीमा थप उत्साह सिर्जना विश्वास बाँके एमालेको रहेको छ नयाँ र पुरानाको समायोजनले पार्टीले गति लिने विश्वास सहित जरा अभियानलाई सार्थक तुलाउन यतिवेला एमाले बाँकेका नेता कार्यकर्ताहरु जिल्लाका ग्रामिण भेग,क्षेत्र, गाउँ टोल सम्म पुगरे पार्टि संगठनलाई जिवन्त पार्ने कार्यमा खटिएको नेकपा एमालेका बाँके जिल्ला अध्यक्ष निरक गुरुङले वताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार