ताप्लेजुङ : ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । पहिरोमा परेर २ जना घाइते भएका भएका छन् । जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु हुँदा दुई जना घाइते भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो ।
यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन् ।
गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छ वटा पुल बगाएको छ ।
पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
2024-06-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार