Listen LIVE

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकगीतका पारखी र उहाँका परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । 

“नेपाली लोकगीतमा तामाङ सेलो काठमाडौं उपत्यका आसपास धेरै लोकप्रिय छ । नेपाली लोकगीत र तामाङ सेलोमा आफ्नो परिचय बनाउनुभएकी गायिका इन्दिरा गोले गुरुङको निधनको दुःखद खबर सुने । गायिका इन्दिरा गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकगीतका पारखी र उहाँका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु”, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् । 

क्यान्सरबाट पीडित गायिका गोलेको बुधबार ५८ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया