Listen LIVE

चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु

बर्दिया : बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। 

गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो।

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

प्रतिक्रिया