कञ्चनपुर : नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आफ्नो नेतृत्वमा कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने प्रतिबद्धता जनाएका छन् ।
शनिबार सुदूरपश्चिममा पार्टीका नेता कार्यकर्ताहरूसँगको भेटघाटमा नेता कोइरालाले अब कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने र एक्लै चुनाव लड्ने घोषणा गरे ।
’कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउँछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन । न्याय हुन्छ । त्यसको जिम्मा मैले लिन्छु,’ कोइरालाले अघि भने, ’म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेका छु ।’ उनले विगतमा सुदूरपश्चिममा नेता कार्यकर्ताहरूमाथि निरन्तर अन्याय हुँदै आएको भन्दै अब उचित अवसर पाउने बताए ।
नेता कोइरालाले १५ औँ महाधिवेशनबाट सबै नेता कार्यकर्ताहरूलाई न्याय हुने वचन समेत दिए । ’तपाईहरुको पीडा म बुझ्छु । अब १५ औं महाधिबेशनपछि न्याय हुन्छ । म कसैलाई पक्षपात गर्दिनँ । तर यसका लागि तपाईहरुको सहयोग चाहिन्छ,’ उनले भने ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार