गुल्मी : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलीप्याड तथा मालिका पिस पार्कको उदघाटन गरेका छन् ।
बिहीबार मालिका गाउँपालिका ४ अर्खाबाङमा निर्माण भएको हेलीप्याडको उदघाटन गरेका हुन् । उनले सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रुपमा चर्चित मालिका पिस पार्कको पनि उदघाटन गरे ।
मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा स्थानीय नागरिकहरुको उल्लेख्य उपस्थितिमा हेलीप्याड तथा पार्कको उदघाटन गर्दै नेपालकै नमुना हेलीप्याड निर्माण भएको बताए । उनले देशका विभिन्न स्थानहरुमा निर्माण भएका हेलीप्याडभन्दा गुल्मीको हेलीप्याड उत्कृष्ट रहेको बताउँदै हेलीप्याडबाट विपद् तथा आपतकालिन अवस्थामा यहाँका नागरिकहरुको उद्धार तथा राहतमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
दोस्रो पटक गुल्मी आउनुभएका प्रचण्डको उपस्थितिले यहाँका नागरिकहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्राप्त भएको यहाँका स्थानीयहरुको भनाइ छ । पालिकाभित्र निर्माण गरिएका विकास निर्माणका कार्यहरुलाई जनप्रतिनिधि तथा जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले प्रत्यक्ष साक्षत्कार गराएका हुन् ।
केही समय पछि प्रचण्डले मालिका गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ । प्रचण्डले उद्घाटन सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेकाले ब्यापक जनसहभागिता रहेको छ ।
त्यस पश्चात प्रचण्डले आजै धुर्कोट गाउँपालिकामा निर्माण भएको सहिद पार्कको उदघाटन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र गुल्मीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार