सुर्खेत : नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट पारित हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै एमाले नेता भट्टराईले देशको पक्षमा आएको अध्यादेश पारित गर्न राष्ट्रिय सभा सदस्यहरुले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले अध्यादेश पास गराउनका लागि नेकपा समाजवादी पार्टी र जनता समाजवादी पार्टीसँग अन्तिम छलफल समेत भइरहेको जानकारी दिए । नेकपा एमाले र नेपाली काँग्रेस वीच विशिष्ट परिस्थितिमा कारण सत्ता साझेदारी गर्नु परेको बताउँदै उनले जनताका अपेक्षा र देशको आर्थिक समृद्धिका लागि सरकारले अध्यादेश ल्याउनु परेको जनाए ।
सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन विधेयकका विषयमा सबै दलबीच राष्ट्रिय सहमति जुटेको बताउँदै उनले भने, ‘समाजमा जुन खालको भ्रम छ, त्यो अनुसारको व्यवस्था विधेयकमा छैन ।’ आजको सरकारले आफ्नो मत राख्ने कुनै पनि स्वतन्त्रता खाँदैन, यो विधेयक जस्ताको तस्तै पास हुने दाबी गरे । सरकारले विवेक प्रयोग गरेर नै अध्यादेश ल्याउने भएकाले नचाहिँदो कानुन संसदले बनाउन नसक्ने उनको भनाइ छ । उनले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न होइन, नियमन गर्न अध्यादेश ल्याइएको स्पष्ट पारे । भारत, चीन, अमेरिका जस्ता देशमा सामाजिक सञ्जाल दर्ता हुने तर, नेपालमा दर्ता नहुने भन्ने कुरा हुन नसक्ने उनको भनाइ थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार