Listen LIVE

बाँकेका खत्री बर्दियामा पक्राउ

नेपालगञ्ज : प्रहरीले ब्राउन सुगर मुद्दामा जिल्ला अदालतबाट कैद सजाय पाएका एक फरार अभियुक्त पक्राउ गरेको छ । ०७९ साल माघ २६ गते जिल्ला अदालत बर्दियाबाट एक महिना कैद सजाय भएका बढैयाताल गापा–३ भोलागौढी बजारबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालका अनुसार बाँके खजुरा गापा–२ का २० वर्षीय सन्देश खत्रीलाई पक्राउ गरेको जनाए । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाइएको उनले बताए । इलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले फरार अभियुक्तलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया