काठमाण्डौ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल आज दिल्ली जाँदैछन् ।
नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन आज दिउँसो दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दलको एकता भएपछि भारतमा रहेका प्रवासी नेपाली संगठनहरुको एकता सन्देश सभालाई सम्बोधन गर्न उनी दिल्ली जान लागेका हुन् ।
दिल्ली भ्रमणमाका क्रममा औपचारिकरुपमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने भने कार्यक्रम नरहेको सचिवालयले जनाएको छ । सचिवालयले भन्यो, दिल्ली भ्रमणका आइतबार गएर सोमबार फर्किने कार्यक्रम छ। दिल्लीमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छैन।
नेपालमा चुनावी गतिविधि तीव्र भइरहेका बेला दाहालको भारत भ्रमणलाई कतिपयले चासोपूर्वक हेरेका छन् ।
2026-01-04
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार