नेपालगञ्ज : नेकपा एकीकृत समाजवादी बाँकेले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको छ । समाजवादीको दशौं महाधिवेशनका लागि आज देशैभर प्रतिनिधि चुनिँदैछन् । यसैक्रममा बाँकेका तीनै वटा क्षेत्रबाट प्रतिनिधि चुनिएका हुन् ।
नेकपा एकीकृत समाजवादी बाँके सचिव दिपक जिएमका अनुसार क्षेत्र नम्बर १ बाट दलिततर्फ रामकृष्ण विक, युवाबाट प्रेम कुमारी शाही, महिला मन्जु कोइराला, खुलातर्फ भगवती अधिकारी, दिपक शाही, शिव डाँगीसहित ८ जना चुनिएका छन् ।
क्षेत्र नम्बर २ बाट डम्बर थापा मगर, लक्ष्मण प्रसाद गौतम, बद्रि बहादुर यादव, निलम ज्ञवालीसहित ४ जना र क्षेत्र नम्बर ३ बाट इन्द्र वहादुर थापा, दिपक जिएम, कर्ण वहादुर खत्री, मकवुल खाँ, सन्त वहादुुर विक, भगवती शाहसहित ६ जना चयन भएका छन् ।
साथै मजदुर फाँटबाट रत्ना गिरीसहित १९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चुनिएका हुन् । एकीकृत समाजवादीको दशौं महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार