काठमाण्डौ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी छन् । बर्लिन, जर्मनी हुदैँ आज बिहान भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् ।
नयाँदिल्लीस्थित विमानस्थलमा बिहान साढे ८ बजे ओर्लिएकी परराष्ट्रमन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका थिए ।
केही दिन भारतमा रहने राणाले समकक्षी एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने सम्भावित कार्यसूची रहेको बुझिएको छ । दिल्लीमा परराष्ट्रमन्त्री राणा एक सार्वजनिक कार्यक्रममा सहभागी हुनेछिन् । उनले सम्भवतः प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीका बारेमा पनि छलफल गर्नेछिन् ।
2024-12-19
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार