Listen LIVE

समसुल हक राई नेपाली काँग्रेसमा प्रबेश

नेपालगञ्ज : समाजसेवी तथा युवा नेता समसुल हक राई नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । लामो समय जनता समाजवादी पाटीमा रहेर काम गरेका समसुल मंगलवार एक कार्यक्रमका विच नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । जसपामा जिल्ला प्रवक्ता, प्रदेश सदस्य तथा पुर्व मन्त्री इस्तियाक अहमद राईको स्वकिय सचिव समेत भैसकेका समसुल एक भव्य कार्यक्रमका विच काँग्रेसमा प्रवेश गरेका हुन् । 

०७९ सालको स्थानिय चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दिएका समसुल पछिल्लो समय कुनै पाटीमा सक्रिय भुमिका निभाएका थिएनन् । नेपाली काँग्रेसको भातृ संगठन नेपाल मुस्लिम समाज बाँकेले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट कार्यक्रम तथा सम्मान कार्यक्रममा उनी पाटी प्रवेश गरेका हुन् । उनलाई नेपाली काँग्रेसका सह महामन्त्रि तथा प्रतिनिधि सभा सदस्य किशोर सिंह राठोरले पार्टीको सदस्यता दिएका छन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया