Listen LIVE

लोकतन्त्रलाई मजाक नबनाउन ठूला दललाई रास्वपाको चेतावनी

काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक तथा  सांसद् सन्तोष परियारले ठूला दललाई  शक्तिको आडमा राज्य चलाउन सकिन्छ भन्ने मानसिकता हटाउन आग्रह गरेका छन्। 

सांसद्को गणनामा धेरै हुँदैमा सत्ता र शक्ति प्रदर्शन गरेर राज्य चल्न नसक्ने भन्दै एक वर्ष तपाईंहरू शक्तिमा भए पनि सधैँ शक्ति प्राप्त नहुने उनले बताए। 

’शक्ति सधैँ आफ्नो पक्षमा हुँदैन। त्यसैले ठूला दललाई आफ्नो खाडल आफैँ नखन्न आग्रह गर्दछु’, उनले भने। उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने समाचार बाहिरिएको भन्दै उनले लोकतन्त्रको मजाक नगर्न सुझाव दिए।

प्रतिक्रिया