नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकामा रहेको नागरिक आरोग्य केन्द्र जिल्लामै उत्कृष्ट भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा रहि आयुर्वेद स्वास्थ्य सेबा प्रबाह गरेका आयुर्वेद स्वास्थ्य सस्थाहरुको आ.ब २०८०/०८१ को बार्षिक समिक्षा कार्यक्रममा सेबा प्रबाह तथा विभिन्न सुचकहरुबाट मुल्यांकन गर्दा खजुरा गाउँपालिका अन्तर्गत रहेको नागरिक आरोग्य केन्द्रले प्रथम स्थान हासिल गरेको हो ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जले खजुराको सक्रियता र सेवा प्रवाह प्रशन्सा गर्न लाएक रहेको बताएको छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जले एक कार्यक्रमको आयोजना गरि खजुराको नागरिक आरोग्य केन्द्रलाई उत्कृष्ट केन्द्रका रुपमा घोषित गरि पुरस्कृत समेत गरेको थियो ।
खजुराको नागरिक आरोग्य केन्द्रले आ.ब २०८०/०८१ मा १२ हजार ३ सय १८ जना लाई सेबा प्रवाह गरेको थियो । केन्द्रले खजुरामा आधारभुत आयुर्वेद सेबा प्रबाहका कार्यहरुमा स्वस्थ्य जिबनशैलि परामर्श, बिद्यालय आयुर्वेद, स्वस्थ जिबनशैलि, योग शिक्षा कार्यक्रम, लागुऔषध दुर्बस्यनी रोकथाम सम्बन्धि जनचेतना मुलक कार्यक्रम, सुगर परिक्षण, घर भेट कार्यक्रम गर्दै आइरहेको केन्द्र प्रमुख किरण खनालले जानकारी दिए ।
नागरिक आरोग्य अभियान, भान्सा सुधार कार्यक्रमले पनि प्रभावकारी सन्देश प्रवाह भैरहेको केन्द्रले जनायो । हिजो आज खजुराको नागरिक आरोग्य केन्द्रमा सेवा लिन आउँने विरामीहरुको संख्यामा समेत वृद्धि हुदै आएको छ । खजुरा क्षेत्रमा नागरिक आरोग्य केन्द्रको सक्रियता बढेपछि सेवा लिन आउने र आयुर्वेद प्रतिको विस्वास समेत बढेको केन्द्रका कर्मचारी सविना केसीले जनाइन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार