दाङ : लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०८१–८२ को लागि ३८ अर्ब ९७ करोड बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री चेतनारायण आचार्यले चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ९४ हजार र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराएका छन् ।
आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजस्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजस्व २ अर्ब ९२ करोड हुने अनुमान अर्थमन्त्री आचार्यको छ ।
आर्थिक बर्ष २०८१–८२ बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा १ अर्ब ५१ करोडले घटेको छ । लुम्बिनी प्रदेशले नीति तथा कार्यक्रममा उल्ल्ेख गरेअनुसार नै विगतका कार्यक्रमलाई निरन्तरता दिंदै कार्यक्रमलाई विस्तार गर्ने योजनाका साथ बजेट विनियोजन गरेको छ ।
बजेटको प्रथामिकता, सिद्धान्तमा कृषि क्षेत्रलाई जोड दिएको कार्यक्रलाई बजेटबाट सम्बोधन गर्ने प्रयास भएको छ । किसानको हात प्रदेशको साथ रहेको भन्दै कृषि क्षेत्रका लागि १० करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै ५ करोड १६ लाख, माटो व्यवस्थापन कार्यक्रम,प्राङगारिक मलको लागि १४ करोड विनियोजन गरिएको छ । यस्तै, पहाडी जिल्ला अर्घाखाँचीमा पशुमा लाग्ने खोरत रोग उन्मुल गर्ने अन्य पशुरोग उपचारका लागि १२ करोड ४० लाख वजेट विनयोजन गरिएको छ । आगामी आर्थिक बर्षमा एक लाख पशुमा कृत्रिम गर्भाधान गराउने लक्ष्य लिएको छ ।
यसैगरी ४० वर्ष माथिका मधुमेह, रत्तचाप रोगको निःशुल्क चेकजाँच गरिने भएको छ । प्रादेशीक अस्पतालमा सेवा विस्तार गर्दै अन्य स्वास्थ्यसम्बन्धि विगतका कार्यक्रमलाई निरन्तरता दिइएको छ । सामुदायिक विद्यालय र क्याम्पसको भौतिक पूर्वाधारका लागि एक अर्ब १० करोड रकम विनियोजन गरिएको छ ।
खानेपानीका क्षेत्रमा एक अर्ब ३० करोड रकम विनियोजन गरिएको छ । जल उत्पन्न प्रकोप अन्तर्गत तटबन्ध लगायतको कामका लागि ६१ करोड विनियोजन गरिएको छ । जसवबाट १६ कलिोमिटर तटबन्ध गरेर सात लाख जनसंख्या लाभान्वित हुने लक्ष्य लिएको छ ।
उर्जा र विद्युतमा १३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । सिमा सडकको लागि १६ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश राजधानी क्षेत्रमा कार्यरत कर्मचारीको आवास क्षेत्र, कर्मचारीको सन्तानको शिशु स्यार केन्द्र लगायतमा बजेट विनियोजन गरिएको छ ।
संघीय सरकारको सिको गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले नेपालमै बनेको ‘ब्रिफकेश’ प्रयोग गर्नुभयो । संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते प्रस्तुत गरेको बजेटमा नेपाली ब्रिफकेश प्रयोग गर्नुभएको थियो । ढाका उद्योगलाई प्रवर्धन गर्न यसअघिको शंकर पोखरेल नेतृत्वको सरकारले उद्योगमन्त्री लीला गिरी रहेका बेलामा विशेष अभियान सुरू गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार