रुपन्देही : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको शालिक अनावरण गरेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सन्धिखर्क नगरपालिका–६ नरपानीमा मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति पार्क निर्माण गरि शालिक निर्माण गरेको छ ।
मुख्यमन्त्री आचार्यले सहिदको शालिक अनावरण गर्दै परिवर्तन र समानताका लागि दिएको बलिदानीले मुलुकलाई नयाँ गन्तव्यमा लगेको बताए । मुलुकको विकास र समृद्धिकालागी सहिदहरूले देखेका सपना पुरा गर्न सरकार प्रतिबद्ध छ, मुख्यमन्त्री आचार्यले भने, सहिद पार्क निर्माण गरेर सहिदहरूको योगदानलाई स्मरणीय र पुस्तान्तरण गर्न सहयोग पुगेको छ । समाज र राष्ट्रले सधैँ सम्झिरहने छ । सहिदहरुप्रति सच्चा सम्मान र देशभक्तिको भावना जागृत गराउन सरकारले भूमिका बढाएको बताए । सहिद पार्क र सालिक निर्माणबाट सहिदको योगदानलाई जीवन्त राख्न र नयाँ पुस्तालाई प्रेरणा दिन सकिएको बताए ।
लुम्बिनी प्रदेश सरकार जनशक्ति व्यवस्थापनको काममा सफलता प्राप्त गर्ने दिशामा अघि बढेको बताए । प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनले कर्मचारी व्यवस्थापन, परिचालन र वृत्तिविकासमा योगदान पुगेको बताए ।
प्रदेशमा चार हजार ७८ कर्मचारीको दरबन्दी मध्य एक हजार ९ सय कर्मचारी पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगले आफ्नो काम अघि बढाएकाले अब प्रदेशमा जनशक्तिको अभाव नहुने बताए । पदपूर्ति र बढुवाको काम अघि बढेको छ । जनशक्तिको समस्या समाधान गर्न सरकार सफल हुदैछ उनले भने, उपसचिव देखि मुनिका सबै पदमा दरबन्दी पूरा गरेर सेवा प्रवाहलाई गति बढाउँछौँ ।
साथै मुख्यमन्त्री आचार्यले चालू आर्थिक वर्षमा प्रदेशबाट बिनियोजन भएका बजेट तथा कार्यक्रमको कार्यान्वयन र अनुगमनलाई स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी तहबाट पनि ध्यान दिन आग्रह गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार