काठमाण्डौ : नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिन लागेका छन् । कांग्रेस–एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिपछि मंगलबार उनीहरूले राजीनामा दिने तयारी गरेका हुन् ।
उनीहरूले राजीनामा बुझाउने तयारी गरिरहेको एमालेकै एक मन्त्रीले जानकारी दिएका छन् । एमालेबाट सरकारमा ८ जना मन्त्री छन । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार राति नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको थियो । संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारसहित अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिवद्धतासहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार राति सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् ।
सहमतिसँगै प्रचण्ड सरकार ढल्ने निश्चित भएको छ । एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले मार्गप्रशस्त गर्ने कांग्रेस–एमाले नेताहरुको विश्वास छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार