काठमाण्डौ : र्यापर मनोज ओलीले नयाँ र्याप सार्वजनिक गरेका छन् । ¥यापमा विद्यमान नेपाली समाजको हुबहु चित्रण छ ।
जुनसुकै ‘तन्त्र’ र ‘वाद’ आए पनि धनी झन धनी हुँदै गएको र गरिबका दुःख झन बढ्दै गएको यथार्थ चित्रण छ ।
गणतन्त्र आएपछि गरिबका दिन फर्किन्छन् भनेर राजनीति गर्नेहरू पनि सत्तामा पुगेपछि केही परिवर्तन नभएको नेपालको वास्तविकता र्यापमा सुन्न सकिन्छ ।
राजनीतिक दलले देखाउन नछोडेको आश्वासन र व्यवस्था फेरिए पनि नफेरिएको अवस्थालाई र्यापले जीवन्त रूपमा चित्रण गरेको छ ।
अन्ततः गरिब जनतालाई ढाल बनाएर गरिएको क्रान्तिपछिको परिवर्तनले एक छाक खान र न्यूनतम शिक्षा र स्वास्थ्यबाट पनि बञ्चित हुनु परिरहेको विद्यमान अवस्थालाई ¥यापले चित्रण गरेको छ ।
भिडयोमा मुुकुन भुुसाललगायत कलाकारको अभिनय छ । भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।
2025-07-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार