Listen LIVE

बेलायती प्रधानमन्त्री स्टारमरले भेटे युक्रेनी राष्ट्रपति

काठमाण्डौ : बेलायती प्रधानमन्त्री केयर स्टारमरले भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गरेका छन्। डाउनिङ स्ट्रिटमा भएको भेटमा स्टारमरले युक्रेनलाई संयुक्त अधिराज्यको पूर्ण समर्थन रहेको बताए।

उनले दिगो शान्ति प्राप्त गर्न बेलायतको अटल दृढ संकल्पमा जोड दिए। युक्रेनी अर्थमन्त्री सेर्ही मार्चेन्कोका अनुसार बेलायत र युक्रेनले युक्रेनको रक्षा क्षमतालाई समर्थन गर्न २.२६ अर्ब पाउण्ड (२.८४ अर्ब अमेरिकी डलर) ऋण दिने सहमति गरेका छन्।

प्रतिक्रिया