काठमाण्डौ : शुक्रबारको लागि तय भएको ह्वाइट हाउसको बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका–युक्रेन खनिज सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएका थिए।
ओभल अफिसभित्र दुई जनाबीच भएको विवादपछि हस्ताक्षर रद्ध गरिएको छ। ट्रम्प–जेलेन्स्की द्विपक्षीय बैठकअघि सामान्य छलफल हुने भनिए पनि ह्वाइटहाउसमा एक अर्काबीच चर्को विवाद भएको थियो।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सको अन्तरक्रियाबाट छलफल शुरु भएको थियो। जसले युक्रेनी नेतालाई रुससँगको तीन वर्षको द्वन्द्वबाट आफ्नो देशलाई बाहिर निकाल्न ट्रम्पको प्रयासको लागि धन्यवाद दिन माग गरे।
‘तपाईंले राष्ट्रपतिलाई यो द्वन्द्वको अन्त्य गर्ने प्रयास गरेकोमा धन्यवाद दिनुपर्छ’ भान्सले जेलेन्स्कीलाई भने। तर तीनजना नेता नै ट्रम्प र भान्स बनाम जेलेन्स्की– बारम्बार एकअर्कामाथि आरोपमा उत्रिए।
भान्सलाई हप्काउँदै, युक्रेन–रूस द्वन्द्वले ल्याएको समस्यालाई संयुक्त राज्य अमेरिकाले भविष्यमा महशुस गर्नेछ भन्ने जेलेन्स्कीको टिप्पणीलाई ट्रम्पले जवाफ फर्काउँदै भने, ‘हामीले के महशुस गर्ने भनेर निर्देशन दिने स्थितिमा छैनौँ’ किनभने तिमीहरु अहिले धेरै खराब स्थितिमा छौ।’
‘तपाईं लाखौँ मानिसहरूको जीवन दाउमा राख्दै हुनुहुन्छ, तपाईं तेस्रो विश्वयुद्धका लागि यो सबै गरिरहनु भएको छ। तपाईं जे गर्दै हुनुहुन्छ त्यो देश, यो देशको लागि धेरै अपमानजनक छ’ ट्रम्पले भने।
ट्रम्पले जेलेन्स्की शान्तिका लागि तयार नरहेको बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार