Listen LIVE

डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित

काठमाण्डौ : राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ताका लागि तोकेको समयमा अर्यालको मात्रै उम्मेदवारी परेसँगै उनी सभामुख पदमा निर्वारोध निर्वाचित भएका हुन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सभामुखमा उम्मेदवारी दर्ताका लागि तोकेको समयमा अर्यालको मात्रै उम्मेदवारी परेको जानकारी दिए ।

सचिवालयले आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेकोमा २ बजेसम्म अर्यालको मात्र उम्मेदवारी दर्ता भएको छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको १८२ सिट रहेका कारण पनि उनी सभामुखमा निर्वाचित हुनु स्वाभाविक थियो । उनलाई आइतबार बस्ने प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएको औपचारीक घोषणा गरिनेछ ।

प्रतिक्रिया