Listen LIVE

अधुरो हुलाकी सडक निर्माण प्रक्रिया शुरु

नेपालगञ्ज : बाँके र दाङको सीमावर्ती क्षेत्रमा अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडकको निर्माण प्रक्रिया शुरु भएको छ ।

हुलाकी सडक निर्देशनालयले उक्त खण्डमा सडक तथा पुल निर्माणका लागि कुल पाँच अर्ब ६० करोड बराबरको बोलपत्र आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको हुलाकी सडक आयोजना कार्यालय नेपालगञ्जका आयोजना प्रमुख लिलाबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार बाँके र दाङको अधुरो क्षेत्रलाई दुई भागमा बाँडेर ठेक्का लगाइएको छ ।

यसअनुसार बाँकेको राप्ती सोनारी–३ नारायणपुरदेखि दाङको सीमाक्षेत्र हाटबाससम्मको ३६ किलोमिटर सडक निर्माणको जिम्मा कन्काई खड्का जेभी कम्पनीले पाएको छ । उक्त कम्पनीले दुई अर्ब दुई करोडमा ठेक्का पाएको हो ।

त्यस्तै, हाटबासदेखि दाङको राजपुर गाउँपालिकास्थित गँगदीसम्मको २२ किलोमिटर सडक निर्माण गर्न रु एक अर्ब ५१ करोडमा हिम सगरमाथा पशुपति जेभी छनोट भएको छ । यसैगरी यस खण्डमा पर्ने १६ वटा पुल निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको छ ।

दाङ र बाँके खण्डका १२ वटा पुल निर्माणको लागि एक अर्ब तीन करोडमा नारायणम निर्माण सेवाले ठेक्का पाएको छ । बाँकी दाङको राजपुरस्थित गँगदीदेखि हाटबास खण्डका चारवटा पुल रु ४६ करोड ३५ लाखमा निर्माण गर्ने जिम्मा भैरव कन्स्ट्रक्सन कम्पनीले पाएको हुलाकी सडक आयोजना कार्यालय नेपालगञ्जका आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

æपुल निर्माणको ठेक्का पाएका कम्पनीहरूले सम्झौता गरेर कार्यक्षेत्रमा कामसमेत थालिसकेका छन्, अहिले फिल्डमा सर्भे र माटो परीक्षणसम्बन्धी काम गरिरहेका छन्Æ, आयोजना प्रमुख भण्डारीले भने, æसडक निर्माणतर्फ भने भर्खरै आशयको सूचना प्रकाशित भएकाले तिहारलगत्तै निर्माण कम्पनीहरूसँग औपचारिक सम्झौता हुनेछ ।Æ

ठेक्का सम्झौता भएका कम्पनीहरूले हुलाकी सडकको सम्पूर्ण काम आगामी तीन वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ । यो सडक …अस्फाल्टÚ प्रविधिमा दुई लेनको उच्च गुणस्तरीय बन्नेछ । आवश्यक स्थानमा नाला, कल्भर्ट र पर्खाललगायतका संरचना पनि निर्माण गरिने भएका छन् ।

æअबको तीन वर्षभित्रमा बर्दियाको सतिघाट पुलदेखि दाङको कालाकाँटेसम्म हुलाकी सडकको सम्पूर्ण काम पूरा हुनेछÆ, आयोजना प्रमुख भण्डारीले भने, æयसले जनतालाई आवतजावतमा धेरै नै सहज बनाउने छ ।Æ

बाँकेको राप्ती सोनारी गाउँपालिका–१ स्थित राप्तीपारिका भम्का, अमुवा, तितिनघारी, भवानियापुर, खुटी, चुनाहा, सुनखरे, खोकरी तथा दाङको हाटबाससहित दर्जनभन्दा बढी गाउँबाट राजमार्ग पुग्न राप्ती नदीमा पक्की पुल छैन ।

हुलाकी सडक निर्माणपछि राप्तीपारिका बासिन्दाको जनजीवन, कृषि, व्यापार, शिक्षा, स्वास्थ्य तथा समग्र आर्थिक विकासमा ठुलो सुधार आउने बाँकेको राप्ती सोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताए ।

प्रतिक्रिया