बैतडी : गत आर्थिक वर्ष २०८०/८१ मा बैतडीका सरकारी कार्यालयको ८७ करोड बढी रकम फिर्ता खर्च हुन नसकेर फिर्ता भएको छ।
संघ र प्रदेश सरकार मातहतका यहाँका कार्यालयबाट ८७ करोड ११ लाख ५ हजार ४४८ रुपैयाँ खर्च हुन नसकेर गत आथिक फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिए।
संघीय सरकार मातहतका कार्यालयमा गत आर्थिक वर्षमा चालुतर्फ पाँच अर्ब ९५ करोड ६७ लाख ७७ हजार ७८८ रुपैयाँ बजेट आएको थियो। त्यसमध्ये ५ अर्ब ६३ करोड ८९ लाख ४९ हजार ३२४ रुपैयाँ खर्च भएको छ। यस्तै पुँजीगततर्फ ७१ करोड ३९ लाख ६२ हजार ६०५ रुपैयाँ बजेट आएको र योमध्ये ६० करोड ७२ लाख २ हजार ११६ रुपैयाँ खर्च भएको छ।
संघीय कार्यालयमा कुल बजेट ६ अर्ब ६७ करोड ७० लाख ४० हजार ३९३ रुपैयाँ प्राप्त भएकोमा ६ अर्ब २४ करोड ६१ लाख ५१ हजार ४४१ रुपैयाँ खर्च भएको छ । यसरी गत आर्थिक वर्षमा संघीय कार्यालयबाट खर्च हुन नसकेर ४२ करोड ४५ लाख ८८ हजार ९५१ रुपैयाँ फिर्ता भएको लेखापाल भट्टले बताए। यस्तै प्रदेशका कार्यालयमा चालुतर्फ ७२ करोड ८८ लाख ४१ हजार ७४३ रुपैयाँ बजेट प्राप्त भएकोमा ६१ करोड २२ हजार ६६१ रुपैयाँ खर्च भएको छ। यस्तै पूँजीगततर्फ १ अर्ब ८२ करोड २१ लाख ४५ हजार बजेट प्राप्त भएकोमा १ अर्ब ४९ करोड ४४ लाख ४७ हजार ५८३ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
प्रदेशका कार्यालयमा गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड ९ लाख ८६ हजार ७४३ रुपैयाँ बजेट आएकोमा २ अर्ब १ करोड ४४ लाख ७० हजार २४५ रुपैयाँ खर्च भएको छ। प्रदेशका कार्यालयहरुबाट ४४ करोड ६५ लाख १६ हजार ४९७ रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार