Listen LIVE

घुस खाएको आरोप लागेका मन्त्री गुप्ताले दिए राजीनामा

काठमाण्डौ : घुस खाएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।

उनले आज मंगलबार राजीनामा दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

कास्की मालपोतको प्रमुख र जिल्लाको भूमि आयोगको अध्यक्ष बनाउन मन्त्री गुप्ताले ७८ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएको थियो। सो अडियोपछि उनको चौतर्फी विरोध र राजीनामाको माग भइरहेको थियो।

‘बिगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ। कहिलेकाही नखाएको विष पनि लाग्दो रहेछ। म अहिले त्यसैको शिकार भए। अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधान मन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु ।

प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु,’ उनले भने,’अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिवद्धताका साथ जनताको घरदैलोमा आउने प्रण गर्दछु ।’

प्रतिक्रिया