काठमाण्डौ : काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन शाह र जेनजी अगुवा सुदन गुरुङ विरुद्धको जाहेरी पनि उच्चस्तरीय जाँचबुझ आयोगमा पठाउने निर्णय गरिएको छ । प्रहरीका उच्च अधिकृतहरू र गृह मन्त्रालयका अधिकारीहरूबिचको छलफलपछि त्यस्तो निर्णय गरिएको गृहमन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।
नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले जिल्ला प्रहरी परिसर काठमाडौँमा दिएको जाहेरी बुधवार गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाउन लागिएको हो । आफूले दिएको जाहेरी दर्ता गर्ने वा नगर्नेबारे २४ घण्टामा जवाफ दिने भनेर प्रहरीले भनेको सो विद्यार्थी सङ्गठनले दाबी गरेको थियो ।
अखिलले जेनजी प्रदर्शनको क्रममा भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्ति तोडफोड, युवा हत्या र जासुसी गरेको विषयमा उनीहरूलाई कारबाही गर्न माग गरेको छ । तर, काठमाडौँका एसएसपी रमेश थापाले अखिलले लिएको जाहेरी प्रहरीले नलिएको दाबी गरेका छन् । उनले भने, ‘हामीले जाहेरी लिएकै छैनौँ, २४ घण्टामा जवाफ दिने कुरा पनि भएको होइन ।’
यसअघिपूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्धको जाहेरी प्रहरीले आयोगमा पठाइसकेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार