नेपालगञ्ज : राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि नेपालगञ्जमा शुरु भएको छ ।
संघका केन्द्रीय अध्यक्ष लक्ष्मी प्रसाद पाण्डेको अध्यक्षतामा भएको महाधिवेशनको उदघाटन नेकपा एमालेका महासचिवसमेत रहेका लुम्बीनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले गरेका छन् ।
महाधिवेशनमा देशभरबाट ६ सय बढी प्रतिनिधि सहभागी रहेको संघका केन्द्रीय सदस्य सुजन ददेलले जानकारी दिएका छन् ।
महाधिवेशनमा स्वागत संघका महासचिव रविन्द्र चौलागाईले गरेका छन् ।
2025-12-26
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार