नेपालगञ्ज : लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) लेनदेनमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन् । आफू जनताको सेवक भएको बताउँदै उनले लाइसेन्स लेनदेनमा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेकी हुन् ।
उनले आफ्नो फेसबुक वालमा लेख्दै भन्छिन्, ’म जनताको विचमा काम गरिरहेको र हुर्किरहेको तपाईंहरुकै प्रतिनिधि हुँ । मैले कुनै गल्ती गरेको छु भने त्यसैमा केन्द्रित भएर लेख्नुस । गाली गर्नुस, निन्दा र भत्सर्ना गर्नुस।’ उनले राजनीतिक र व्यक्तिगत प्रतिशोध साध्न केहि व्यक्ति आफ्नो पछाडी लागेको जिकिर गरेकी छन् । ’मित्रहरू, कपोकल्पित, झुट्टा र भ्रामक कुराको पछाडी नलाग्न मेरो आग्रह छ,’ उनले अगाडी लेख्छिन्, ’भ्रामक कुराको पछाडी लागेर समय खेर नफालौ ।’
उनले आफू माथि लागेको आरोपको खण्डन गर्दै जुनसुकै आरोपको जवाफ जुनसुकै ठाउँमा दिन तयार रहेको दाबी समेत गरेकी छन् । ’मैले कुनै गल्ति गरेको छैन र आगामी दिनमा पनि नगर्ने स्पष्ट पार्न चाहन्छु,’ उनी भन्छिन्,’ मेरो नाम कुन नियतले जोडियो, किन जोडियो ? यसको जवाफ आगामी दिनमा खुल्ने छ ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अहिलेसम्म कुनै पत्र र सूचना नआएको दाबी समेत गरेकी छन् । ’मेरो नाम जोडेर कुरा बाहिर आएको छ, तर अहिलेसम्म कुनै पत्र तथा जानकारी आएको छैन । अख्तियारबाट पत्र नआउँदै मेरो नाम जोडिनु सरासर गलत छ ।’ उनले कपोकल्पित र भ्रामक कुरामा बिश्वास नगर्न आग्रह समेत गरेकी छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार