Listen LIVE

थप १४ देशमाथि कर बढाउने ट्रम्पको घोषणा

काठमाण्डौ : अमेरिकाले थप १४ देशमाथि कर बढाउने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ देशका राष्ट्र प्रमुखलाई पत्र लेख्दै कर बढाइएको जानकारी पठाएका छन्। उनले ती पत्रहरु आफ्नो सामाजिक सञ्जाल सोसियल ट्रुथमार्फत् सार्वजनिक गरेका छन्। 

उनले ती पत्रहरु सार्वजनिक गर्दै घोषणा गरिएका कर आपसी सम्बन्ध र छलफलका आधारमा संशोधनसमेत गर्न सकिने उल्लेख गरेका छन्। 

राष्ट्रपति ट्रम्पले म्यानमार र लाओसमाथि ४० प्रतिशत, थाइल्याण्डमाथि ३६ प्रतिशत, बंगलादेशमाथि ३५ प्रतिशत, इन्डोनेसियामाथि ३२ प्रतिशत तथा दक्षिण अफ्रिकामाथि ३० प्रतिशत कर लगाएका छन्।  

यस्तै ट्रम्पले यसअघि विभिन्न देशमाथि घोषणा गरिएको कर लागू गर्ने मिति भने अगस्टलाई सारेका छन्।  यसअघि घोषणा गरिएको कर ९ जुलाईमा लागू हुने भनिएको थियो।

प्रतिक्रिया