नेपालगञ्ज : विकासका लागि त इस्तियाक राई जिताउनु पर्छ, नेपालगञ्ज उपमहानगरपालिकाका एक कर्मचारी भन्छन्, अरुलाई जिताएर नेपालगञ्ज र डुडुवाको हुनुपर्ने विकास हुन सक्दैन ।’
इस्तियाकले कसरी धेरै विकास गर्न सक्छन् ? ती कर्मचारीको तर्क थियो, झविकास गर्न केन्द्रमा पहुँच हुनुपर्छ । अनुभव र विज्ञता हुनुपर्छ । तीन पटक मन्त्री भइसकेको र एमालेका अध्यक्ष केपी शर्मा ओेलीसँग सिधा पहुँच रहेकाले राईले यहाँको विकासमा धेरै गर्न सक्छन् ।’
बाँके क्षेत्र नम्बर २ का उम्मेदवार राईले मन्त्री हुँदा यहाँको विकासमा धेरै गरेका छन् । यो कुरा उनका विरोधीले पनि स्वीकार गर्छन् ।
रेडक्रसको भवन, भेरी अस्पतालको नयाँ भवन, सिटी हल, जमुनाहा–राँझा अस्फाल्ट पिच, नेपालगञ्ज–गुलरिया फोरलेन सडक, नेपालगञ्जमा ट्राफिक लाइट, सिधनियास्थित राप्ती नदीमा डबललेन पुल, डुडुवा नालामा ७ वटा पुलको काम इस्तियाकले अघि बढाएका हुन् । डुडुवाको अम्रहवाघाट, हल्कारापुरुवा, राजारामपुरुवा, नौरीगौडी–बाबागाउँ, छिट्टैपुरुवा–चौफेरी, सैरहीघाट र मिलनचोकको डबललेन पुल इस्तियाकको देन हुन् । यी मध्ये मिलनचोकको बनिसकेको छ भने अरु ठेक्का लागेर बनिरहेका छन् । धम्बोझी माविमा र धम्बोझीको ब्याडमिन्टन कोर्टजस्ता साना–तिना योजना त राईले मन्त्री हुँदा धेरै पारेका छन् ।
जुनसुकै काम गर्न पहुँच हुनुपर्छ । त्यो आफ्नै पार्टीमा होस् या बाहिर । अनुभवी र खारिएका नेता भएकाले राई त्यो ल्याकत राख्छन् ।
एकथरीले विकास समय अनुसार भइहाल्छ भनेको सुनिन्छ । समयले विकास त गर्छ तर द्रुतगतिमा विकास राईजस्ता अनुभवी र पहुँच भएकाले गर्न सक्छन् ।
४६ वर्षका राईमा शहर, जिल्लामात्र नभएर देशकै लागि केही गरौ भन्ने ढुटढुटी रहेको छ । उनी पढाईमा पनि पछाडि छैनन् । स्नातकोत्तर गरेका छन् ।
वि.सं. २०५३ सालदेखि राजनीति सुरु गरेका राई २०६४ र २०७४ मा निर्वाचित भएर २०६७ मा श्रम तथा यातायातमन्त्री, २०७४ मा शहरी विकासमन्त्री र २०७८ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका थिए । राई मन्त्री हुँदा जिल्लाले धेरै विकास पाएको छ । देवतूल्य मतदाताले यसपाली जिताएर आफूलाई अरु काम गर्ने बाटो खोलिदिने राईको विश्वास रहेको छ ।
केही दिन अघि महेन्द्र पुस्ताकालयमा केही उम्मेदवारलाई राखेर आयोजित कार्यक्रममा धेरै उम्मेदवारले सडक, नाला, पूर्वाधारमात्रै विकास गरेर हुँदैन, सांसदको काम नीति, निर्माण गर्ने भनिरहेका बेला राईले सडक, नाला, पूर्वाधार भएनन् भने उद्योग–कलकारखाना आउँदैन, बजार हुँदैन, बस्ती बस्दैन । बजार भएन भने उद्योग–कलकारखाना भएन भने बस्ती बसेन भने त्यहाँको विकास कसरी हुन्छ ? रोजगारी सिर्जना कसरी हुन्छ ? विकासको आधारभुत मान्यता नै विजुली– बत्ती, बाटो–घाटो हो भन्दा धेरैले ताली बजाएका थिए ।
केही गर्नका लागि सपना देख्नु पर्छ, ढुटढुटी हुनुपर्छ । राप्ती नदीमा डबल लेनको पुल बनाएर कञ्चनपुरदेखि दाङलाई हुलाकी सडकले जोडेर यस क्षेत्रलाई आर्थिक करिडोरको रुपमा विकास गर्ने राईको दीर्घकालीन महत्वको रणनीति रहेको छ ।
नेपालगन्जका प्रदीप सापकोटा नेपालगञ्ज र बाँकेमा इस्तियाकले जति विकास अरुले गर्न नसक्ने बताउँछन् । उनी थप्छन्, झएक थान सांसद भएर पछाडि सिटमा बसेर तालीमात्रै बजाउनेलाई जिताउने कि पहुँचवाला व्यक्तिलाई जिताएर भोलीका दिनमा मन्त्री वा सांसद नै भएपनि विकास ल्याउन सक्ने व्यक्तिलाई अघि बढाउने भन्ने कुरामा यहाँका मतदाता सचेत छन् ।’
क्षेत्र नम्बर २ मा एक लाख ८ हजार २ सय ९० मतदाता रहेका छन् । यहाँका मतदाताले पार्टीसँगै प्रभावशाली व्यक्तित्व पनि हेर्ने राजनीतिक विश्लेषकहरुको बुझाई छ । विकासको पर्याय बनेका इस्तियाक प्रभावशाली उम्मेदवारमा अरु भन्दा अगाडि रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार