नेपालगञ्ज : नेपाली बजारमा आज पहेँलो धातुको भाउ घटेको छ।
केही समययता लगातार बढिरहेको सुनको मूल्य आज भने तोलामा १७ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँ तोकेको छ। हिजो सुन २ लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी भने तोलामा १५ रुपैयाँ बढेको छ। हिजो ३ हजार ८ सय ७० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज ३ हजार ८ सय ८५ रुपैयाँ तोकिएको छ। यो मूल्य हालसम्मै उच्च हो।
2025-12-16
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार