काठमाण्डौ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै त्यसमा हरेक नेपालीको सहयोग आवश्यक भएकामा जोड दिएका छन् ।
अन्नपूर्ण मिडिया नेटवर्कले आज आयोजना गरेको विद्युतीय सवारीसाधन ‘इभी ¥याली’मा उनले वातावरण संरक्षणलाई जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने जोखिमलाई दृष्टिगत गरेर तदनुरुप नीति निर्माणमा लागेको बताए ।
अर्थमन्त्री पौडेलले भने, “स्वच्छ वातावरणको सुनिश्चितता कुनै देश विशेषको नभएर सिङ्गो पृथ्वीको साझा चासो हो । एकातिर विकासका आवश्यकतालाई सम्बोधन गर्नुछ भने अर्कोतिर स्वच्छ वातावरण निर्माण । ‘सगरमाथा संवाद’ आयोजना गरेर हामीले वातावरण संरक्षणका निम्ति हामी प्रतिबद्ध रहेको सन्देश दिएका छौँ ।”उनले विद्युतीय सवारीसाधनको प्रवर्धनमा सरकार दृढतापूर्वक उभिएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार