नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री तथा सांसद डा. धवल शम्शेर राणा लगायतलाई पक्राउ गरेको विरोधमा भोली बाँकेको कोहलपुरमा चक्काजाम गरिने भएको छ ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका बाँकेका सांसद राणा र उपाध्यक्ष मिश्रलाई राज्यविरुद्धको अपराध मुद्दा चलाइएको विरोधमा राप्रपा बाँकेले भोली कोहलपुरमा चक्काजाम गर्ने जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै राप्रपाले पक्राउ परेका उपाध्यक्ष, महामन्त्री र राष्ट्रवादी हिन्दुवादी कार्यकर्तालाई बिनाशर्त रिहा गर्न माग गर्दै कोहलपुरमा चक्काजाम गरिने जनाएको छ । कोहलपुरको मुख्य चौराहमा गरिने चक्काजाम भोली बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म रहने विज्ञप्तिमार्फत जनाइएको छ ।
2025-04-07
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार