Listen LIVE

बाँकेका तीनै क्षेत्रका एमाले उम्मेदवार नरैनापुरमा

नरैनापुर (बाँके) : प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले बुधबार नरैनापुरमा भव्य चुनावी सभा आयोजना गरेको छ । बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने नरैनापुरमा आयोजित सभामा एमालेका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको उपस्थिती रहेको थियो ।

एमालेको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा सूर्य ढकाल, क्षेत्र नम्बर २ मा मोहम्मद ईश्तियाक राई तथा क्षेत्र नम्बर ३ मा सुमन मल्ल चुनावी प्रतिस्पर्धामा रहेका छन् । उम्मेदवारसहित आयोजित सभामा सहभागी नेताहरूले विकास, सुशासन र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरे ।

सभालाई सम्बोधन गर्दै एमाले केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेदवार मोहम्मद हारुन हल्वाईले एमालेले मात्रै देशलाई स्थायित्व र विकासको दिशामा लैजान सक्ने दाबी गरे । यस्तै, केन्द्रिय सदस्य एवम् प्रदेश सांसद बसन्ती अधिकारीले बाँकेका जनताको समस्यालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि बढाइने बताइन् ।

स्थानीय कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न सभाले नरैनापुर क्षेत्रमा एमालेको चुनावी अभियानलाई थप ऊर्जा दिएको छ ।

प्रतिक्रिया