बर्दिया : बर्दियामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । सर्प टोकाइबाट मधुवन नगरपालिका –१ पत्थरबोझीकी ३८ वर्षीया हिरा थारूको मृत्यु भएको हो ।
थारूलाई गत बिहीबार खेतमा काम गरिरहेको समयमा सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि बर्दिया अस्पताल लागिएको थियो । बर्दिया अस्पतालमा उपचार सम्भवन नभएपछि नेपालगञ्जको भेरी अस्पतालमा रिफर गरिएको थियो ।
भेरी अस्पतालमा उपचारका क्रममा थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डम्बरपालले जानकारी दिए ।
अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका अस्पताल थारूलाई भेरी अस्पताल नेपालगञ्जमा रिफर गरिएको अस्पताल मेडिकल रेकर्डर केशव न्यौपानेले बताए । थारूको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डम्बरपालले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार