Listen LIVE

एसियाडको क्रिकेटमा नेपालको विजयी शुरुवात

काठमाण्डौ : एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेट तर्फको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। शुक्रबार सम्पन्न खेलमा नेपालले टेस्ट टोली अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

समूह 'ए' मा रहेको नेपालले अफगानिस्तानसँगको खेलमा ५ विकेटको जित निकाल्दै प्रतियोगितामा महत्वपूर्ण २ अंक हासिल गर्यो। यसअघि अफगानिस्तानले जापानलाई हराएर २ अंक हासिल गरेको थियो। जापानको निसिनमा भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १ सय ३ रनको लक्ष्य प्रतस्तु गरेको थियो। जवाफमा नेपालले उक्त लक्ष्य १६ बल बाँकी हुँदै ५ विकेट गुमाएर पुरा गर्यो।

नेपालको जितमा सन्दीप जोराले ३ रन बनाउँदा रोहित पौडेलले ३३ रनको अविजित इनिङ खेले। त्यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले १५ रन बनाएका थिए। अफगानिस्तानका लागि फ्यारिडन दाउदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले १–१ विकेट लिएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान निर्धारित २० ओभरमा १ सय २ रनमा समेटिएपछि नेपालले १ सय ३ रनको लक्ष्य पाएको थियो। अफगानिस्तानका लागि फिसल खान अहमदजाइ र नजिबुल्लाह जाद्रानले समान ३०–३० रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा नन्ग्यालिया खानले १७ रनको अविजित इनिङ खेले। अन्य खेलाडिले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिँदा ललितनारायण राजवंशीले ३ विकेट लिए। समूहमा नेपाल सहित जापान र अफगानिस्तान रहेका छन्।

प्रतिक्रिया