Listen LIVE

टंकबहादुर धामी महासंघ सदस्यमा उम्मेदवार

नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघले आफ्नो अध्यक्ष टंकबहादुर धामीलाई नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेश केन्द्रीय कार्यकारिणी सदस्यको उम्मेदवार घोषणा गरेको छ।

संघको नेपालगञ्जमा सम्पन्न ४४औं कार्यसमितिको बैठकले अध्यक्ष धामीलाई उम्मेदवार घोषणा गर्दै मतदानका लागि सम्पूर्ण उद्योग वाणिज्य संघसँग अपील गरेको संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवि ओलीले जानकारी दिए। उनले धामीलाई महासंघको केन्द्रिय सदस्यमा विजयी गराउन संघले हर सम्भव प्रयास गर्ने पनि बताए।

अध्यक्ष धामीले संघले उम्मेदवार घोषणा गरेलगत्तै भिडियो सन्देशमार्फत भोटका लागि सबै मतदातासँग समर्थन र सहयोगको अपील गरे। उनले भने, æमहासंघमार्फत राज्यलाई चुस्त बनाउन र निजी क्षेत्रलाई अगाडि बढाउन सकिने उपायहरू जोडदार रूपमा उठाउनेछु। मतदान मार्फत मलाई सहयोग गरी विजयी बनाउने पूर्ण आशा गरेको छु।Æ

नेपाल उद्योग वाणिज्य महासंघको यही चैत २९ र ३० गते काठमाडौंमा ६०औं वार्षिक साधारण सभा तथा चुनावी अधिवेशन हुँदैछ। लुम्बिनी प्रदेशबाट २४ मतदाता रहेका छन् र सो प्रदेशबाट दुई जना सदस्य निर्वाचित हुने व्यवस्था छ।

प्रतिक्रिया