Listen LIVE

भारतीय अभिनेता गोवर्धन असरानीको निधन

काठमाण्डौ : भारतीय अभिनेता–निर्देशक गोवर्धन असरानीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका ८४ वर्षीय अनरानीको मुम्बईस्थित निधि अस्पतालमा निधन भएको हो ।

१९४१ जनवरी १ मा जयपुरमा जन्मिएका असरानीले सन् १९६० दशकमा अभिनय यात्रा सुरु गर्दै करिब चार सयभन्दा बढि फिल्ममा अभिनय गरेका थिए । 

‘शोले’मा “अंग्रेजहरूको जमानाको जेलर” को भूमिकाबाट प्रसिद्ध भएका उनले ‘खट्टा मीठा’, ‘चुपके चुपके’, ‘बावर्ची’ लगायतका फिल्ममार्फत बलिउडमा आफ्नै हास्य पहिचान स्थापित गरेका थिए ।

असरानीले अभिनेत्री मन्जु बंसल इरानीसँग विवाह गरेको र उनीहरू धेरै फिल्ममा सँगै देखिएका थिए । सन् २००४ मा भारतीय कांग्रेस पार्टीमा आबद्ध भई राजनीतिमा पनि असरानी सक्रिय भएका थिए ।

लामो सङ्घर्षपछि ‘गुड्डी’ फिल्मबाट सफलताको यात्रा सुरु गरेका असरानी भारतीय सिनेमामा अमर हास्य पात्रका रूपमा सधैँ सम्झिइरहने छन् ।

प्रतिक्रिया