धनगढी : औपचारिक भारत भ्रमणको अन्तिम दिन आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उत्तर प्रदेशका आफ्ना समकक्षी योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन् ।
लखनउस्थित मुख्यमन्त्रीको सरकारी निवासमा उनले आफ्नो समकक्षीसँग भेतवार्ता गरेका हुन् । सो क्रममा दुवैबिच दुई पक्षीय आपसी सम्बन्धलगायत विविध विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भारत सरकारको आमन्त्रणमा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ गते भारत प्रस्थान गरेको थियो । टोलीले दिल्ली, देहरादुन र लखनऊको भ्रमण गरेको छ । मुख्यमन्त्री शाहले उत्तराखण्डका आफ्ना समकक्षी पुस्करसिंह धामी र मन्त्रीहरूलाई भेट गरेका छन् ।
2025-05-05
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार