काठमाण्डौ : फिजीमा अवस्थित भारतीय उच्च आयोगले प्रशान्त महासागरका १४ द्वीपीय राष्ट्रहरूमा २,८०० घरमा बिजुली पुर्याउने महत्त्वपूर्ण लक्ष्यतर्फ उल्लेखनीय प्रगति हासिल गरेको घोषणा गरेको छ।
यस पहलअन्तर्गत, भारतको बेरफुट कलेज र लोकल्ली म्यानेज्ड मरीन एरिया नेटवर्कले फिजीको राजधानी सुवा, भिडोगो सेटलमेन्टका थप २७ घरहरूमा सौर्य ऊर्जा उपलब्ध गराएका छन्।
यससँगै कुल ३६७ घरहरू विद्युतीकरण भइसकेका छन्, जसले ४०० घरको लक्ष्य पूरा गर्न अब मात्र ३३ घर बाँकी रहेको देखाउँछ।
यो परियोजनाले ग्रामीण महिलाहरूलाई व्यावसायिक तालिम र शैक्षिक अवसरहरू प्रदान गरेर जलवायु, आर्थिक, र सामाजिक सहनशीलता वृद्धि गर्ने लक्ष्य राखेको छ। बेरफुट कलेज इन्टरनेशनल, जुन ९३ देशका २,००० भन्दा बढी गाउँहरूमा सक्रिय रहेको छ । यसले प्रशान्त महासागरका १३ राष्ट्रमा ७७ महिलालाई सौर्य इन्जिनियरका रूपमा तालिम दिइसकेको छ। यसले स्थानीय समुदायलाई स्वच्छ पानी, दिगो जीविकोपार्जन, र नवीकरणीय ऊर्जा प्रदान गर्न सहयोग पुर्याइरहेको छ।
सन् २०२२ मा, फिजीको बेरफुट व्यावसायिक तालिम कलेज स्थापना गरी प्रशान्त क्षेत्रको जलवायु परिवर्तन नियन्त्रण तथा ऊर्जा आत्मनिर्भरता प्रवद्र्धन गर्न थालिएको थियो।
माकुआटाको वाइनिकोरो गाउँमा कलेज निर्माण स्थलको भ्रमण गर्दै, त्यसबेला फिजीकी महिला, बालबालिका, तथा गरिबी निवारण मन्त्री रोसी अकबरले यस पहलको महत्त्वलाई उजागर गर्दै महिलाहरूका लागि प्राविधिक तालिम र आर्थिक कार्यक्रमहरू आत्मनिर्भरता र दिगोपनतर्फको मुख्य कदम भएको बताइन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार