Listen LIVE

नेपालगञ्ज जेसीजद्वारा शिशुहरुलाई स्वास्थ्य सामग्री प्रदान

नेपालगञ्ज : नेपालगञ्ज जेसीज सप्ताह २०२६ अन्तर्गत नवजात शिशुहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

कार्यक्रमअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मा नवजात शिशुहरुलाई आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको हो । साथै, उक्त वडामा जन्मिने सम्पूर्ण नवजात शिशुहरुलाई निरन्तररूपमा स्वास्थ्य सामग्री उपलब्ध गराउने उद्देश्यले सम्बन्धित निकायलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको थियो ।

नेपालगञ्ज वडा नं. २० मा जन्मिने सम्पूर्ण नवजात शिशुहरुले जन्म भएको २८ दिनभित्र सोही वडास्थित स्वास्थ्य चौकीबाट उक्त सामग्री प्राप्त गर्नसक्ने व्यवस्था मिलाइएको छ । यो व्यवस्था आगामी एक वर्षसम्म निरन्तर रहने जनाईएको छ ।

स्वास्थ्य सामग्री उपलब्ध गराउने हिमालय वेलनेस कम्पनी प्रति कार्यक्रममा विशेष आभार व्यक्त गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने वडा नं. २० का स्वास्थ्य संयोजक प्रकाश श्रेष्ठलगायत सम्पूर्ण सरोकारवाला तथा सहभागीहरूप्रति नेपालगञ्ज जेसिसले धन्यवाद व्यक्त गरेको थियो ।


प्रतिक्रिया