काठमाण्डौ : बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले प्रधानन्यायाधीश हसनले राजीनामा दिएको पुष्टि गरेका छन् । सल्लाहकार नजरुलले राजीनामा राष्ट्रपति कार्यालयमा पठाइएको बताए ।
शनिबार बिहान १० बजेतिर प्रदर्शनकारीको एक समूहले बङ्गलादेशको सर्वोच्च अदालतबाहिर प्रधानन्यायाधीश र सात जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । कानुनमन्त्री नजरुलले अरू न्यायाधीशको भने राजीनामा नआएको बताए ।
2024-08-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार