Listen LIVE

बाँकेमा आचारसंहिता पालनामा कडाई

नेपालगञ्ज : प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता कडाईका साथ पालना गर्न निर्वाचन आचारसंहिता अधिकृतको कार्यालय बाँकेले निर्देशन दिएको छ । आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको तर्फबाट खटिएका अनुगमन अधिकृत पुर्ण बहादुर खत्री र सर्वोदय उपाध्यायले जारी गरेको विज्ञप्तिमार्फत बाँकेका सम्बन्धित सबै निकाय, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र आम नागरिकलाई सचेत गराएका छन् ।

निर्वाचन आयोग आचारसंहिता अधिकृतको कार्यालय बाँकेका अनुसार आचारसंहिता उल्लङ्घन हुने कुनै पनि गतिविधि नगर्न आग्रह गर्दै चुनावी प्रचार–प्रसार, जुलुस, सभा, सामाजिक सञ्जालको प्रयोगदेखि लिएर कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोगसम्ममा कडाई गरिनेछ । आचारसंहिता विपरीतका गतिविधिमा संलग्न देखिए कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया