Listen LIVE

४ महिनामा सकियो ‘बलिदान’को छायांकन, दशैंमा आउला ?

काठमाण्डौ : ४ महिनामा सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’को छायांकन सकिएको छ । पहिलो र दोस्रो चरण गरि फिल्मको सबै छायांकन टुुंगिएको निर्देशक सन्तोष सेनले जनाए ।

मोरङको हसिना सिमसार क्षेत्रमा अन्तिम दृश्य खिचियो । कोशी प्रदेशका विराटनगर, इटहरी, रंगेली, कानेपोखरीमा फिल्म खिचिएको छ । केही दिनमा पोस्ट–प्रोडक्सन सुरु हुने सेनले जनाए ।

एक्सन तथा ‘पलिटिकल ड्रामा’मा समीर भट्टको शीर्ष भूमिका छ । पहिलो र दोस्रो चरणको छायांकन गर्दा बजेट निकै महंगो भएको उनले बताए ।

प्रतिक्रिया