काठमाण्डौ : भारतको होटल क्षेत्र आगामी तीन वर्षहरूमा १० दशमलव ५ प्रतिशतको वृद्धि हुने प्रक्षेपण गरिएको छ।
होटल क्षेत्रमा हुने यस्तो वृद्धिले भारतीय ८,२०० करोड रूपैयाँको वार्षिक आम्दानी वृद्धि हुने बताइएको छ। यो वृद्धि स्वदेशी यात्रुहरू, विदेशी पर्यटकहरू र माइस खण्डद्वारा संचालित हुनेछ।
प्रतिवेदनअनुसार, भारतमा कुल आतिथ्य उद्योग (होटल) मा हाल २ लाख १२ हजार कोठाहरू छन्, जसको उद्योग आकार वार्षिक ८२ करोड रुपैयाँमा पुगेको छ।
आन्तरिक पर्यटक उद्योगको वृद्धिमा करिब ५० प्रतिशत योगदान दिने अपेक्षा गरिएको छ। यस्तै, ३० प्रतिशत विदेशी पर्यटक र बाँकी २० प्रतिशत बैठक, प्रोत्साहन, सम्मेलन, र प्रदर्शनी खण्डले योगदान गर्नेछ।
होटलिभेट रिसर्चको एक रिपोर्टअनुसार वार्षिक १० दशमलव ८ प्रतिशत चक्रवृद्धि वार्षिक वृद्धि दरमा माग बढ्ने अपेक्षा गरेको छ, जबकि समग्र आपूर्ति ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
सन् २०२७ सम्म, होटल कोठाहरूको संख्या २ लाख ४१ हजार पुग्ने अनुमान गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार