Listen LIVE

ताइवान आसपास चीनको व्यापक सैन्य अभ्यास

एजेन्सी : चीनले ताइवान आसपास सैन्य अभ्यास सुरु गरेको छ । चीनले यो अभ्यास ‘पृथकतावादी शक्तिहरू’लाई चेतावनी दिन गरिएको बताएको छ । चिनियाँ सेनाका अनुसार अभ्यासमा सेना, नौसेना, वायुसेना र रकेट बल सहभागी छन् ।

अभ्यासमा प्रत्यक्ष फायर ड्रिल पनि छ । यो सैन्य अभ्यासलाई ‘न्याय मिसन २०२५’ नाम दिइएको छ । अमेरिकाले ताइवानलाई ११ अर्ब डलरमा प्रमुख हतियार प्याकेज बेच्ने घोषणा गरेको केही दिनपछि चीनले यो सैन्य अभ्यास थालेको हो ।

चीनले हतियार बेच्ने उक्त निर्णयको कडा विरोध गर्दै अमेरिकी रक्षा कम्पनीहरूविरुद्ध प्रतिबन्ध लगायो । यस वर्ष आफ्नो रक्षा बलियो बनाउने ताइवानको प्रयासबाट पनि चीन चिन्तित छ । चीनले ताइवानलाई आफ्नै हिस्सा ठान्छ भने ताइवान आफूलाई एक स्वतन्त्र देश मान्छ ।

प्रतिक्रिया