Listen LIVE

इराक र सिरियाबीच सम्बन्ध र आतंकवादविरोधी सहयोगबारे छलफल

काठमाण्डौ : इराकी नेताहरूले बगदादमा सिरियाका विदेश मामिला प्राधिकरणका प्रमुख असाद अल–शैबानीसँग भेटेर द्विपक्षीय सम्बन्ध र आतंकवादविरोधी सहयोगको बारेमा छलफल गरेका छन्। अल–शैबानी भ्रमणमा रहेको इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले सिरियाली जनताको इच्छाको सम्मान गर्ने इराकको दृढ र स्थिर अडानलाई पुनः पुष्टि गरे।

सिरियाको विविधता र सामाजिक एकताको रक्षा गर्ने समावेशी राजनीतिक प्रक्रियाको आवश्यकतामा जोड दिए।

उनले सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि इराकको समर्थनलाई पनि दोहो¥याए। सिरियाको आन्तरिक मामिलामा कुनै पनि वाह्य हस्तक्षेपलाई अस्वीकार गर्ने बताए।

इराकी विदेशमन्त्री फुआद हुसेनले आतंकवादी समूह इस्लामिक स्टेटसँग लड्न संयुक्त कार्य बढाउने महत्वमा जोड दिए।

प्रतिक्रिया