काठमाण्डौ : नेकपा (एमाले) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीलाई प्रतिशोधपूर्ण र गैरकानुनी ठहर गरेको छ।
पार्टीका उपाध्यक्ष रामबहादुर थापा …बादलÚको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले उक्त गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको निष्कर्ष निकालेको हो।
बैठकपछि महासचिव शङ्कर पोखरेलले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै अध्यक्ष ओली र नेता लेखकको गिरफ्तारीको निन्दा तथा भत्र्सना गर्दै तत्काल रिहाइको माग गर्ने निर्णय भएको जानकारी दिए। उनले यो कदम लोकतान्त्रिक मूल्य र कानुनी शासनविपरीत रहेको बताए।
एमालेले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण ठहर गर्दै घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ। साथै, कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायलाई संयुक्त पहल गर्न पनि आग्रह गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार