बर्दिया : गुलरिया नगरपालिकाले आज सबै विद्यालयलाई शोक बिदा दिने निर्णय गरेको छ । गुलरिया नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई सोमबार शोक बिदा दिने निर्णय गरेको हो ।
गत शुक्रबार गुलरिया नगरपालिका–३ सिरकोहिया स्थित श्री जानकी माध्यमिक विद्यालयमा दराज पल्टिँदा च्यापिएर बाल विकास कक्षामा अध्ययनरत चार वर्षीया रिद्धि तमौलीको ज्यान गएको थियो ।
सो घटनामा दुःख व्यक्त गर्दै मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै गुलरिया नगरपालिकाले सोमबार सामुदायिक तथा संस्थागत विद्यालयलाई शोक बिदा दिने निर्णय गरेको जनाएको छ ।
2026-11-23
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार