काठमाण्डौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको बताएका छन् ।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले निःवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रतिक्रिया दिएका छन्।
मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसकेको र नयाँ मन्त्री पनि आइसकेको भन्दै उनले सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही गर्ने पनि बताए । उनले तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने कुरामा स्पष्ट पारे।
उनले भने, ‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिने काम भइसकेको छ। हामी सबै भ्रष्टाचार मुक्त नेपाल चाहन्छौँ। त्यसका लागि भ्रष्टाचार अन्त्य होस् भन्ने चाहन्छौँ। भ्रष्टाचारी मन्त्री होस् वा कुनै सचिव वा पदाधिकारी जो भएपनि त्यसमाथि कारबाही हुनुपर्छ भन्ने हाम्रो सबैको माग हो। सामान्य प्रशासनमन्त्रीले प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिइसक्नुभएको छ। अर्को मन्त्री आइसक्नुभएको छ। यसमा छानविन होला कि नहोला भन्ने प्रश्न छ, अघि बढ्दै जाला। तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ। त्यसैले सरकारले आँखा चिम्लिनुपर्छ भन्नु हुँदैन।’ मन्त्री गुरुङले गल्ती गर्ने जो कोही भएपनि कारबाही हुने स्पष्ट पारे।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार