काठमाण्डौ : इजरायली सेनाले लेबनानको राजधानी बेरुतका विभिन्न आवसीय भवनमा गरेको हवाई आक्रमणमा १ सय ५ जनाको मृत्यु भएको छ। ३ सय ५९ जना घाइते भएका छन्।
लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी सिडोन नजिक ऐन अल–डेलबमा भएको हवाई आक्रमणमा दुईवटा आवसीय भवन ध्वस्त भएका छन्। ती भवनबाट ३५ जनाको शव निकालिएको छ। ती भवनहरुमा यसअघिका आक्रमणबाट प्रभावितहरुले शरण लिएको जनाइएको छ।
इजरायली बमबारीबाट दक्षिणी लेबनान, बेका, बालबेक–हर्मेल प्रान्त र बेरुतका दक्षिणी नगरहरुका कयौँ घर ध्वस्त भएका छन्। इजरायली सेनाले हिजबुल्लाहका नेताहरुलाई लक्षित गर्दै दर्जनौँ ठाउँमा आक्रमण गरेको दाबी गरेको छ।
इजरायलको लगातारको आक्रमणपछि हताहत हुनेहरुसँगै विस्थापितको संख्यासमेत बढेको छ। लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले राजधानी बेरुतबाट झण्डै १० लाख मानिस विस्थापित भएको बताए।
यस्तै इजरायली सेनाले यमनमा समेत आक्रमण जारी राखेको छ। हुथी विद्रोही समूह लक्षित गर्दै यमनका विभिन्न ठाउँमा दर्जनौँ पटक हवाई आक्रमण भएको अलजजिराले उल्लेख गरेको छ। ती आक्रमणमा कयौँ मानिस हताहत भएको आशंका छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार